विश्वकप क्रिकेटः इंग्ल्याण्डविरूद्ध अफगानिस्तानको जित, आज अस्ट्रेलिया र श्रीलंकाबीच खेल हुने
थानकोट ।
भारतमा जारी एकदिवसीय विश्वकप २०२३ अन्तर्गत आज अस्ट्रेलिया र श्रीलंकाबिच खेल हुँदैछ ।
खेल भारत रत्न श्री अटल बिहारी वाजपेयी क्रिकेट स्टेडियम (इकाना), लखनउमा दिउँसो २ बजेबाट सुरु हुनेछ। टस आधा घण्टा अगाडि अर्थात् दिउँसो १ः३० बजे हुनेछ ।
यसअघि हिजो सम्पन्न खेलमा साबिक विजेता इंग्ल्याण्डमाथि अफगानिस्तानले रोमाञ्चक जित दर्ता गर्दै प्रतियोगितामा पहिलो २ अंक प्राप्त गरेको छ ।
यो विश्वकपमा दुवै टोलीको तेस्रो खेल हुनेछ । पाँच पटकको च्याम्पियन अस्ट्रेलिया र श्रीलंकाले आफ्नो सुरुवाती दुवै खेलमा हार बेहोरेका छन् ।
कंगारु टोली पहिलो खेलमा भारत र दोस्रो खेलमा दक्षिण अफ्रिकासँग पराजित भएको थियो । यता श्रीलंका पहिलो खेलमा न्युजिल्यान्डसँग र दोस्रो खेलमा पाकिस्तानसँग पराजित भएको थियो ।












