विश्वकप क्रिकेटः अष्ट्रेलियाको पहिलो जित, आज दक्षिण अफ्रिका र नेदरल्यान्ड्सबीच खेल हुने
थानकोट।
भारतमा जारी एकदिवसीय विश्वकप क्रिकेटमा ५ पटकको विश्व विजेता अष्ट्रेलियाले पहिलो जित दर्ता गरेको छ । सोमबार साँझ सम्पन्न खेलमा श्रीलंकामाथि ५ विकेटको जित हात पारेको हो ।
श्रीलङ्काले प्रस्तुत गरेको २ सय १० रनको लक्ष्य अस्ट्रेलियाले ५ विकेट गुमाएर ८८ बल अगावै पछ्यायो ।
पहिले ब्याटिङ गरेको श्रीलङ्काले ४३.३ ओभरमा सबै विकेट गुमाएर २०९ रन बनाएको थियो । ओपनर पाथुम निशांकाले ६१ तथा कुशल परेराले ७८ रन बनाउँदै श्रीलङ्कालाई उत्कृष्ट सुरुवात दिलाए पनि टोलीको नाटकीय पतन भएको थियो ।
प्रतियोगिता अन्तर्गत आज दक्षिण अफ्रिका र नेदरल्यान्ड्सबीच खेल हुने । दक्षिण अफ्रिका लगातार तेस्रो जितका लागि उन्मुख रहँदा नेदरल्यान्ड्स भने पहिलो जितको अपेक्षा मैदान उत्रनेछ । खेल नेपाली समयअनुसार दिउँसो २ः१५ बजे सुरु हुनेछ ।












