नागढुंगा सुरुङमार्गको मुख्य सुरुङ २ सय ७७ मिटर खन्न बाँकी, भौतिक प्रगति ९५ प्रतिशत

Thankot Times

थानकोट । 

चन्द्रागिरि नगरमा निर्माण भइरहेको राष्ट्रिय गाैरवको आयोजना नागढुंगा सुरुङ मार्गको मुल सुरङ खन्न अब २ सय ७७ मिटर अर्थात् ५ प्रतिशत काम बाँकी छ।

नागढुंगा सुरुङमार्ग आयोजनाले मंगलबार सूचना जारी गर्दै २६ सय ८८ मिटर लामो सुरुङ मध्ये २ सय ७७ मिटर खन्न बाँकी रहेको जनाएको हो । 

आयोजनाका अनुसार २६ सय ८८ मिटर मध्ये २४ सय १० मिटर खनिएको छ।

जसअनुसार हालसम्मको भौतिक प्रगति ९५ प्रतिशत हो।

अब ५ प्रतिशत काम गर्न बाँकी रहेको आयोजना प्रमुख नविनमान श्रेष्ठ बताउँछन्। 

त्यस्तै सुरुङको पूर्वतर्फ निर्माण हुने फ्लाई ओभरको काम पनि ९५ प्रतिशत सम्पन्न भएको आयोजनाको भनाइ छ।

आयोजनाको म्याद आगामी बैशाख १३ गतेसम्म रहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *