त्रिदेशीय टी-२० शृङ्खला: नेपालले टस जितेर बलिङ गर्दै

Thankot Times

थानकोट ।

त्रिदेशीय टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाअन्तर्गत यूएईसँगकाे खेलमा नेपालले टस जितेर बलिङ राेजेकाे छ ।

मूलपानी क्रिकेट मैदानमा टस जितेर नेपालका कप्तान राेहित पाैडेलले बलिङ राेजेका हुन् ।

नेपालकाे टाेलीबाट लेग स्पिनर माैसम ढकालले याे खेलबाट डेब्यु गर्दैछन् ।

नेपाल क्रिकेट सङ्घ (क्यान) काे आयाेजनामा त्रिदेशीय टी-२० शृङ्खला आज बुधवारदेखि शुरु भएकाे हाे । टी-२० अन्तर्राष्ट्रिय क्रिकेट विश्वकप छनोटको तयारीस्वरूप नेपालले प्रतियोगिता आयोजना गरेकाे हो ।

नेपालले दाेस्राे खेल कात्तिक २ गते हङकङसँग खेल्नेछ । यस्तै कात्तिक ४ गते फेरि हङकङसँग र कात्तिक ६ गते फेरि यूएईसँग खेल्नेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *