कोशी प्रदेशका मुख्यमन्त्री कार्कीलाई हालसम्मकै धेरै विश्वासको मत

Thankot Times

थानकोट । 

संविधानको धारा १६८ को उपधारा ५ अनुसार नियुक्त भएका कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले राखेको विश्वासको मतको प्रस्तावको पक्षमा भारी मत परेको छ ।  प्रदेशसभामा बुधबार भएको मतदानमा विश्वासको मतको प्रस्तावको पक्षमा ८६ मत र विपक्षमा ५ मत परेको हो

विश्वासको मत दिनेहरुमा नेकपा एमालेका ३९, नेपाली कांग्रेसका २९, नेकपा माओवादीका १३, नेकपा (एकीकृत समाजवादी) का ४ र जसपाका १ सांसद छन् । राप्रपाका १ सांसद भने मतदानमा अनुपस्थित रहे । कोशी प्रदेशको मुख्यमन्त्री नियुक्तपछि प्राप्त विश्वासको मत संख्या यो नै सबैभन्दा धेरै हो । ९३ जनाको प्रदेशसभामा पहिलो पटक २०७४ फागुन २ गते संविधानको धारा १६८ को उपधारा १ अनुसार नियुक्त मुख्यमन्त्री शेरधन राईले भने विश्वासको मत लिनु परेको थिएन । त्यसबेला एमालेको एक्लै बहुमत (५१) सिट थियो । 

संविधानको धारा १८८ को उपधारा ९१० भनेको प्रदेश सभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार बनेको सरकारले विश्वासको मत लिनुपर्ने विषय संविधानमा उल्लेख छैन । उपधारा २ र ३ अनुसार बनेको सरकारले भने उपधारा ४ अनुसार र उपधारा ५ अनुसार बनेको सरकारले उपधारा ६ अनुसार विश्वासको मत लिनुपर्छ । 

शेरधन राई नेतृत्वको सरकारपछि कोशीमा एमालेकै नेता भीम आचार्यको नेतृत्वमा सरकार बन्यो । उक्त सरकार पनि उपधारा १ अनुसार नै बनेको थियो । उनले पनि विश्वासको मत लिएनन् । २०७८ भदौ ११ गते आचार्यको नेतृत्वमा बनेको सरकारले नेकपा विभाजनपछि विश्वासको मत लिनुको साटो २०७८ कार्तिक १५ गते राजीनामा गरेका थिए ।

रातोपाटीबाट

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *