चन्द्रागिरि ३ मा नेपाली काँग्रेसको अग्रता कायमै, एमालेका उम्मेदवार तेश्रो नम्बरमा

Thankot Times
थानकोट ।
स्थानीय तह निर्वाचन अन्तर्गत अहिले चन्द्रागिरि ३ र ४ को मतगणना जारी छ ।
चन्द्रागिरि ३ मा नेपाली काँग्रेसले अग्रता लिएको छ । १७०० मतगणना हुँदा चन्द्रागिरि ३ मा नेपाली काँग्रेसका उम्मेदवारले ५७८ मत पाएका छन् भने नेकपा एमालेका उम्मेदवारले ४५६ तथा माओवादी केन्द्रका उम्मेदवारले ४८९ मत पाएका छन् ।
त्यस्तै मेयरमा चन्द्रागिरि ३ मा नेपाली काँग्रेसले ७७२ तथा नेकपा एमालेले ५५६ मत पाएको छ ।  यस वडामा १९२० मत खसेको छ । तीन जना मात्र वडाध्यक्षका उम्मेदवार भएको यस वडाको मत गणना अन्य वडाको तुलनामा छिटो छिटो भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *