फिफा निलम्बनको असरः नेपालले एएफसी यू-२० एसियन कप क्वालिफायर्स गुमायो

Thankot Times

थानकोट ।

नेपालले एएफसी यू–२० एसियन कप क्वालिफायर्स गुमाएको छ ।

एसियाली फुटबल महासंघ (एएफसी)ले बिहीबार चीनमा हुने यो प्रतियोगिताको खेल तालिका सार्वजनिक गरे पनि नेपाललाई समावेश गरिएको छैन् ।

नेपालले फिफा निलम्बनका कारण यो प्रतियोगिता गुमाएको हो ।

एएफसी अनुसार, निलम्बन नभएको भए नेपाल समूह ‘आई’ मा पर्ने थियो ।

यो सँगै नेपालले निलम्बनका कारण तेस्रो प्रतियोगिता गुमाएको छ ।

यसअघि नेपालले एएफसी महिला च्याम्पियन्स लिग र एएफसी यू–१७ महिला एसियन कप क्वालिफायर्स गुमाएको थियो ।

फिफाले गत असार ११ गते तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै अखिल नेपाल फुटबल संघ (एन्फा)लाई अनिश्चितकालीन निलम्बनमा राखेको थियो ।

निलम्बनकै कारण नेपालले आफ्नो सबैभन्दा ठूलो प्रतियोगिता साफ च्याम्प्यिनसिप पनि गुमाउने खतरा छ ।

बंगलादेशमा हुने यो प्रतियोगिताको निम्ति दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले सेप्टेम्बर १ सम्म निलम्बन फुकुवा भए मात्र नेपाललाई प्रतियोगितामा सहभागी गराउने जनाएको छ ।

प्रतियोगिता चीनमा अगष्ट अन्तिम सातादेखि सुरु हुनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *