चन्द्रागिरि ३ मा नेपाली काँग्रेसका दुर्गालाल महर्जन पुनः दोहोरिए
थानकोट ।
दोश्रो स्थानीय तह निर्वाचनमा चन्द्रागिरि ३ को वडाध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार दुर्गालाल महर्जनले जित हासिल गरेका छन् ।
महर्जन निवर्तमान वडाध्यक्ष समेत हुन् । चन्द्रागिरि ३ मा नेपाली काँग्रेसको प्यानल नै विजयी भएको छ ।
गत स्थानीय निर्वाचनमा दुर्गालालसँग पराजित भएका नेकपा एमालेका नारायण बहादुर महर्जन यसपटक पनि पराजित भएका छन् । तीनजना वडाध्यक्षका उम्मेदवार रहेको चन्द्रागिरि ३ मा माओवादी केन्द्रबाट देवकृष्ण महर्जनले उम्मेदवारी दिएका थिए ।
मत परिणामको अन्तिम घोषणा हुन भने बाँकी रहेको छ ।
हालसम्म सार्वजनिक चन्द्रागिरि नगरका ३ वडाका मतपरिणाम अनुसार नेकपा माओवादी केन्द्रले १ तथा नेपाली काँग्रेसले २ वडामा नेतृत्व पाएको छ।
अहिले चन्द्रागिरि ४ र ५ को मतगणना जारी छ ।
नगरप्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार घनश्याम गिरीले अग्रता जारी राख्दा नेकपा एमालेकी उम्मेदवार वसन्ती श्रेष्ठको एकल अग्रता कायम छ ।












