सतुगंलमा कारले करिब १ दर्जन मोटरसाइकललाई एकसाथ ठक्कर दियो

Thankot Times

थानकोट ।

कलंकी-नागढुंगा सडक खण्ड अन्तर्गत चन्द्रागिरि नगरपालिका-१० सतुगंलमा नीजि कारले १० वटा दुई पाँग्रेलाई एकसाथ ठक्कर दिएको छ ।

सडक छेउमा पार्किङ गरिराखिएका ती दुई पाँग्रेलाई थानकोटबाट कलंकीतर्फ जाँदै गरेको कारले बिहीबार दिउँसो करिब १ः३० बजे ठक्कर दिएको हो।

बा १८ प ३९४१ को कारले ठक्कर दिँदा ७ वटा मोटरसाइकल तथा ३ वटा स्कुटरमा क्षति पुगेको छ भने कारको अघिल्लो भागमा क्षति पुगेको छ ।

घटनास्थलमा उद्दार तथा विवरण संकलनको कार्य जारी रहेको बलम्बु प्रहरीले जनाएको छ ।

दुर्घटनामा कुनै मानवीय क्षति नभएको बताइएको छ । कार चालकले कारको ब्रेक फेल भएपछि सो घटना भएको बताएको प्रत्यक्षदर्शीले जनाए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *