अन्डरवेयरभित्र ३ वटा पोकामा खैरो हेरोइन लुकाएर ल्याउने सन्तोष र हरि नागढुंगामा समातिए
थानकोट ।
चन्द्रागिरि नगरपालिका-२ स्थित नागढुंगा जाँच केन्द्रबाट प्रहरीले दुई जना लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ ।
खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
पक्राउ पर्नेमा झापा बुधबारे गाउँपालिका-५ घर भएका ३० वर्षीय सन्तोष तिवारी र बुधबारे गाउँपालिका-३ घर भएका ३९ वर्षीय हरिबहादुर विक छन् ।
आरोपीहरूको साथबाट करिब ९ ग्राम ५० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुमोध ढुङ्गेलले जानकारी दिए ।
भद्रपुरबाट काठमाडौँतर्फ आउँदै गरेको बा.प्र ०२–०३–००१ख ५५५० नम्बरको बस चेकजाँच गर्दा आरोपीहरूको साथमा लागु औषध भेटिएको हो । उनीहरुले अन्डरवेयरभित्र ३ वटा पोकामा खैरो हेरोइन लुकाएर ल्याएका हुन् ।












