बंगलादेशको कबड्डी लिगमा नेपालका चार जना खेलाडी

Thankot Times

थानकोट ।

बंगलादेशको ढाकामा हुने महिला कबड्डी लिगमा नेपालका चार खेलाडीले खेल्ने भएका छन् ।

चारैले मेघना कबड्डी क्लबबाट खेल्ने अवसर पाएका हुन् ।

बंगलादेश कबड्डी संघको आयोजनामा मंसिर १४ देखि २२ गतेसम्म हुने लिगमा अनुजा कुलुङ राई, गंगा घिमिरे, जयन्ती बडु र सिर्जनाकुमारी थारूले खेल्ने छन् ।

चारै खेलाडी गत असोजमा चीनको हाङझावमा सम्पन्न १९औँ एसियाली खेलकुदमा नेपालले ऐतिहासिक कांस्य पदक जित्ने टोलीका सदस्य हुन् ।

अफिसियलमा भगवती अधिकारी छिन् ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का निमित्त सदस्य-सचिव अञ्जन धमला, अखिल नेपाल कबड्डी संघकी अध्यक्ष तुल्सा थापालगायतले सोमबार एक कार्यक्रमबीच बिदाइ गरे ।

पाँच सदस्यीय टोली मंगलबार बंगलादेश प्रस्थान गर्दैछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *