अन्तरविद्यालय बास्केटबल प्रतियोगिता: सतुगंलकाे जेसिस स्कुल सेमिफाइनलमा

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका ११ सतुगंलकाे जेसिज स्कुल नवौं रेडियन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताकाे सेमिफाइनलमा प्रवेश गरेको छ।

जेसिज सिनियर गर्ल्स विधामा सेमिफाइनलमा पुगेेकाे हाे ।

सिनियर गर्ल्समा जेसिजले केभीएसलाई २२–१७ स्कोरले हरायो । जेसिजका विप्रिसा श्रेष्ठले २० स्कोर गरिन् ।

गर्ल्समा स्वर्णिमले एलआरआईलाई १२–३ र रिब्सले द एक्सेल्सियर स्कुललाई १९–१२ ले हराए । स्वर्णिमकी हिसी लामाले ६ र रिब्सकी खुसी अधिकारीले ८ स्कोर गरे । सिनियर ब्वाइजमा आयोजक रेडियन्ट पब्लिकले सेबलाई ४०–३० ले हराएर सेमिफाइनल पक्का गर्‍यो ।

रेडियन्टका रोहित चौधरीले २० स्कोर जोडे । जुनियर ब्वाइजमा इडेन ब्रिज एकेडेमी (ईबीए) ले ओरेकल रेमाथि १८–९ को जित दर्ता गर्‍यो । ईबीएका आदित्य श्रेष्ठले १२ स्कोर जोडे ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *