नवौं रेडिअन्ट कप बास्केटबलः सिनियर गर्ल्सको उपाधि चन्द्रागिरिको जेसिसलाई, रिब्स दोश्रो

Thankot Times

थानकोट ।

स्युचाटारस्थित रेडिअन्ट पब्लिक स्कुलद्वारा आयोजित काठमाडौँ जिल्ला अन्तर विद्यालय बास्केट बल प्रतियोगिता नवौं रेडिअन्ट कप को सिनियर गर्ल्स विधाको उपाधि चन्द्रागिरि नगरपालिका ११ सतुङ्गलस्थित जेसिस इन्टरनेसनल स्कुलले हात पारेको छ ।

प्रतिस्पर्धात्मक फाइनल खेलमा चन्द्रागिरि नगरकै रिब्स स्कुललाई १८-१३ ले स्तब्ध बनाउँदै जेसिसले उपाधि चुमेको हो ।

जेसिसकी कृति मोक्तानको अलराउण्ड प्रर्दशनमा जेसिसले उपाधि उचालेको हो । उनले ७ स्कोर गरेकी थिइन् ।

यसैगरी सिनियर ब्वाइजको उपाधि जेनिथले हात पार्दा आयोजक रेडिअन्ट दोश्रो भयो । जेनिथका प्रज्ज्वल बस्नेतले २३ स्कोर गरे ।

जुनियर ब्वाइजको फाइनलमा आयोजक रेडियन्टले ग्रीनफिल्डको चुनाैती पन्छाउँदै उपाधि उचाल्यो । सो क्रममा रेडियन्टका विधान कार्कीले १२ स्कोर गर्दा रेडियन्टले ग्रिनफिल्डलाई २०-१९ ले हरायो ।

फाइनलका सर्वाधिक स्कोरकर्ता प्रज्ज्वल, विधान र कृति आ-आफ्नो विधामा मोस्ट भ्यालुएबल प्लेयर घोषित भए । सिनियर ब्वाइजमा एनआईसी एकेडेमी, जुनियरमा ओरेकल रे र गर्ल्समा काठमाडौं भ्याली स्कुलले फेयर प्ले जिते ।

विजेता तथा उपविजेता टिमका सदस्यहरूलाई नीजि तथा आवासीय विद्यालयहरूको संगठनका काठमाडाैं जिल्ला अध्यक्ष प्रेम कुमार राई, रेडियन्टका प्रिन्सिपल सूर्यबहादुर केसी, प्रतियोगिता संयोजक दिलीप कार्की लगायतले पुरस्कृत गरेका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *