युवराज लामा दक्षिण एसियाली कराते महासंघको महासचिव चयन

Thankot Times

थानकोट ।

 नेपाल कराते महासंघका अध्यक्ष युवराज लामा दक्षिण एसियाली कराते महासंघको महासचिव चयन भएका छन्।

दक्षिण एसियाली महासंघका अध्यक्ष भारतीय भरत शर्माले महासंघको‌ कार्यसमितिलाई पूर्णता दिने क्रममा लामालाई महासंघको महासचिव मनोनयन गरेका हुन् ।

काठमाडौंमा सम्पन्न दक्षिण एसियाली कराते च्याम्पियनसिप (मंसिर १६ र १७ गते) को‌ अघि भएको महासंघको कंग्रेसले शर्मालाई अध्यक्ष निर्वाचित गरेको थियो। शर्माले बुधबार महासंघको‌ कार्यसमितिलाई पूर्णता दिएका हुन्।

कार्यक्रम समितिको उपाध्यक्षमा भुटानका दावा लाहम, महासचिव लामा तथा सदस्यहरुमा पाकिस्तानका मोहम्मद जाहाकिर र बंगलादेशका मोहम्मद मजुम हुसेन रहेका छन् ।

नेपालको करातेको अन्तर्राष्ट्रिय सम्बन्ध लामो समयदेखि टुटेको स्मरण गर्दै भने, ‘ पछिल्लो समयमा हामीले एसियाली खेलकुद, डब्लुकेएफ च्याम्पियन्सिपको‌ सफलता तथा दक्षिण एसियाली कराते च्याम्पियनसिपको आयोजना र त्यसको सफलताले नेपाली करातेको राम्रो छवि बनेको छ । यसबाट फेरि नयाँ सुरुवात हुने आशा गर्न सकिन्छ ।’

कराते महासंघको दोहोरो अस्तित्व अन्त्य भएपछि फागुनमा महासंघको निर्वाचनले लामाको नेतृत्वमा कार्यसमितिको चयन गरेको थियो। असोजमा चीनमा भएको १९ औं एसियाली खेलकुद (एसियाड) मा करातेकी एरिका गुरुङले रजत पदक जितेकी थिइन् । एसियाडमा नेपालले करातेमा त्यो सबै भन्दा ठूलो सफलता हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *