यू-१९ एसिया कप क्रिकेटको उपाधिका लागि यूएई र बङ्लादेश खेल्दै

Thankot Times

थानकोट । 

१९ वर्षमुनिको एसिया कप क्रिकेटको उपाधिका लागि आज घरेलु टोली यूएई र बङ्लादेश खेल्दैछन् ।

खेल दुबईमा बिहान सवा ११ बजे शुरु हुनेछ ।

शुक्रबार भएको सेमिफाइनल खेलमा पाकिस्तानलाई हराउँदै यूएई पहिलो पटक फाइनलमा पुगेको हो ।

यूएईसँग पाकिस्तान ११ रनले पराजित भयो । त्यस्तै, अर्को खेलमा बङ्लादेशले भारतलाई ४ विकेटले हरायो ।

प्रतियोगितामा नेपाल भने समूह चरणबाटै बाहिरिएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *