यस्ता छन मन्त्रिपरिषद्ले गरेका १६ निर्णय

Thankot Times

थानकोट ।

मन्त्रिपरिषद्ले विद्युत खपत वृद्धि तथा खनिज इन्धन न्यूनीकरण सम्बन्धी कार्ययोजना र नदी तथा जल उत्पन्न विपद् व्यवस्थापन राष्ट्रिय नीतिलाई स्वीकृत गर्नेसहित विभिन्न निर्णय गरेको छ ।

मंसिर २८ गते बसेको मन्त्रिपरिषद् बैठकले क्यानेडियन स्वयंसेवक परिचालनसम्बन्धी समझदारीपत्र स्वीकृत गर्ने पनि निर्णय गरेको छ ।

काठमाडौं । मन्त्रिपरिषद्ले विद्युत खपत वृद्धि तथा खनिज इन्धन न्यूनीकरण सम्बन्धी कार्ययोजना र नदी तथा जल उत्पन्न विपद् व्यवस्थापन राष्ट्रिय नीतिलाई स्वीकृत गर्नेसहित विभिन्न निर्णय गरेको छ ।

मंसिर २८ गते बसेको मन्त्रिपरिषद् बैठकले क्यानेडियन स्वयंसेवक परिचालनसम्बन्धी समझदारीपत्र स्वीकृत गर्ने पनि निर्णय गरेको छ ।

बैठकले घुन्सा खोला जलविद्युत आयोजनाका लागि ताप्लेजुङ जिल्लाको फक्ताङलुङ गाउँपालिका स्थित करिब ३२९ रोपनी जग्गा प्राप्ति गर्न स्वीकृति दिने, पूर्व–पश्चिम विद्युतीय रेलमार्गको निजगढ–बर्दिबास खण्डमा पर्ने घर/टहरा तथा जग्गाहरूको क्षतिपूर्ति उपलब्ध गराउन स्वीकृति दिनेसहितका निर्णय गरेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *