नागढुंगा नाकामा किन समातिए २७ वर्षीय राजन ?

Thankot Times

थानकोट ।

नेपाल प्रहरीले चन्द्रागिरि नगरपालिका-२ स्थित चेक प्वाइन्टबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ करिब १ ग्राम ८४ मिलिग्रामसहित झापा अर्जुनधारा नगरपालिका-२ बस्ने २७ वर्षीय राजन योगीलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नागढुङगाबाट खटिएको प्रहरीले बा.प्र.०१-००१ ख २७७७ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

योगी पक्राउ प्रकरणमाथि प्रहरी वृत्त थानकोटबाट अनुसन्धान जारी रहेको वृत्तका प्रमुख डिएसपी नारायणप्रसाद अधिकारीले जानकारी दिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *