लागूऔषध कारोबारी देवेन्द्रलाई २ वर्ष कैद र डेढ करोड जरिवाना, थानकोटको जग्गा पनि जफत
थानकोट ।
विशेष अदालत, काठमाडौंले लागूऔषध कारोबारी देवेन्द्र रोका छपालीलाई २ वर्ष कैद र डेढ करोड रुपैयाँ जरिवानाको फैसला गरेको छ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यद्वय तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले सजाय तोकेको हो। यसअघि पुस १६ गते विशेष अदालतले छपालीलाई दोषी ठहर गरेको थियो।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले २०७७ असोजमा धादिङका छपालीले लागूऔषध कारोबारबाट अवैध सम्पत्ति कमाएको भन्दै मुद्दा दायर गरेको थियो।
छपालीको ७४ लाख ५९ हजार ९८४ रुपैयाँ बराबरको सम्पत्तिको स्रोत नखुलेको विशेष अदालतले ठहर गर्दै त्यसको दोब्बर जरिवाना तोकेको हो।
छपालीको खातामा रहेको ६४ लाख ६६ हजार ७८४ रुपैयाँ समेत जफत हुने फैसला गरेको छ। अवैध कमाइबाट जोडेको एउटा गाडी तथा थानकोट र सीतापाइलामा रहेको जग्गा समेत जफत हुनेछ हिमाल खबरमा समाचार छ ।










