सशस्त्र प्रहरी बलको आइजिपीमा नारायणदत्त पौडेल नियुक्त

Thankot Times

थानकोट ।

सशस्त्र प्रहरी बल, नेपालको १३औँ महानिरीक्षक (आइजिपी) पदमा नारायणदत्त पौडेल नियुक्त भएका छन्।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक (एआईजी) पौडेललाई संगठन प्रमुखको जिम्मेवारी दिने निर्णय गरेको हो।

हाल सशस्त्र प्रहरी प्रधान कार्यालय, हल्चोकस्थित मानव स्रोत विभाग प्रमुखका रूपमा कार्यरत पौडेलले आगामी १८ वैशाखपछि संगठनको नेतृत्व सम्हाल्नेछन्।

वर्तमान आइजिपी राजु अर्यालको चार वर्षे कार्यकाल यही १८ वैशाखमा पूरा हुने भएपछि सरकारले नयाँ नेतृत्व चयन गरेको हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *