नैकाप ओरालोमा ट्याँकरकाे ठक्करबाट पैदल यात्रीकाे ज्यान गयाे
थानकोट ।
नैकापमा ट्याँकरले पैदलयात्रीलाई ठक्कर दिंदा पैदलयात्रीकाे मृत्यु भएको छ ।
प्रहरीका अनुसार चन्द्रागिरि नगरपालिका-१४ स्थित नैकाप ओरालोमा कलंकीबाट थानकोटतर्फ आउँदै गरेको ना. ७ ख. २७८७ नम्बरको ट्याँकरको ठक्करबाट पैदलयात्री सतुंगल बस्ने ६५ वर्षीय महेन्द्र लाल दासको सोमबार बिहान मृत्यु भएको हाे ।
ट्याँकरको ठक्करबाट गम्भीर घाइते भएका दासको बलम्बुस्थित नेपाल एपिएफ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि ट्याँकर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
फाइल तस्बिर










