महिला टी-२० च्यालेन्ज ट्रफीमा नेपालले आज घरेलु टोली रुवाण्डासँग खेल्दै
थानकोट ।
पहिलो संस्करणको आईसीसी महिला टी-२० च्यालेन्ज ट्रफीमा नेपालले आज आयोजक रुवाण्डासँग खेल्दैछ ।
खेल रुवान्डामा नेपाली समयअनुसार दिउँसो पौने १ बजे शुरु हुनेछ ।
नेपालले अहिलेसम्म ५ खेल खेलेकोमा इटाली र घरेलु टोली रुवान्डालाई हराएको थियो ।
नेपाल पहिलो खेल र पाँचौँ खेलमा अमेरिकासँग तथा चौथो खेलमा भानुआतुसँग पराजित भएको थियो ।
प्रतियोगितामा आयोजक रुवान्डासहित नेपाल, अमेरिका, इटाली र भानुआतु सहभागी छन् ।
सबै टोलीले एक अर्कासँग दुई/दुई खेल खेल्नेछन् ।
अङ्क तालिकाको शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ ।










