थानकोट-चित्लाङ सडकका लागि अर्थ मन्त्रालयले दियो ७ करोड ९९ लाख

Thankot Times

थानकोट ।

अर्थ मन्त्रालयले थानकोट-चित्लाङ सडक (गणेशमान सिंह मार्ग) का लागि चालु आवमै कार्यान्वयनमा जाने गरि बजेट विनियोजन गरेको छ ।

शुक्रबार भाैतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पत्र लेख्दै अर्थले सो सडकका लागि श्रोत सुनिश्चितता एवं सहमति दिएको हो ।

भाैतिक पूर्वाधार मन्त्रालयले माघ ९ गते सडक निर्माण तथा स्तरोन्नति कार्य गर्न श्रोत सहमतिका लागि माग भएपछि अर्थ मन्त्रालयको हिजो बिहीबार बसेको बैकठले सो बजेट उपलब्ध गराउने भएको हो ।

चालु आवमा सो सडकका लागि २ करोड विनियोजन भएकोमा अब एकमुष्ठ ७ करोड ९९ लाख रूपैयाँ सडकको स्तरोन्नति एवं सुधारका लागि खर्चनुपर्नेछ ।

लगातार सडक दुर्घटना हुन थालेपछि थानकोट-चित्लाङ सडकका विषयमा सडकदेखि सदनसम्म चासो र चिन्ता व्यक्त भइरहेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *