चन्द्रागिरि न्यायिक समितिमा ६ महिनामा दर्ता भए २९ उजुरी, १८ वटा फर्छ्याैट

Thankot Times

थानकोट ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा चन्द्रागिरि न्यायिक समितिमा कूल २९ उजुरी दर्ता भएका छन् ।

नगरद्धारा जारी प्रगति विवरण अनुसार गत साउन देखी पाैष मसान्तसम्म दर्ता भएका २९ उजुरी मध्ये २७ वटाको प्रतिवाद (प्रतिउत्तर) प्राप्त भएको छ भने २ वटा उजुरीमा विपक्षीको नाउँमा म्याद जारी भई प्रतिउत्तर दर्ता हुन बाँकी रहेको चन्द्रागिरि नगरपालिका न्यायिक समितिले जनाएको छ ।

चन्द्रागिरि नगरको न्यायिक समितिमा चालु आर्थिक वर्षको पहिलो ६ महिनाको अवधिमा सबैभन्दा धेरै घर तथा जग्गा खिचोलाका उजुरी दर्ता भएका छन जसको संख्या १३ रहेको बताइएको छ । जसमध्ये ६ वटा उजुरी फर्छ्याैट हुँदा ७ वटा फर्छ्याैट हुन बाँकी रहेका छन् ।

यसैगरी लेनदेनसँग सम्बन्धित ६ वटा उजुरी दर्ता भएकोमा २ वटाको मुद्दा फर्छ्याैट हुन बाँकी रहेको चन्द्रागिरि नगरपालिकाले जनाएको छ । नगरको न्यायिक समितिमा ढल तथा प्रदुषण विवाद र पालनपोषण अन्तर्गत समान २-२ मुद्दा दर्ता भएका छन् भने सार्वजनिक बाटो विवादका ३, घर कोठा खाली गराउने सम्बन्धी एउटा र अन्य विवाद ३ वटा दर्ता भएको बताइएको छ ।

स्थानीय न्यायिक समितिलाई विवादको निरुपण र मेलमिलाप गर्नको लागि स्थानीय सरकार सञ्चालन एेन, २०७४ ले अधिकार प्रदान गरेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *