चन्द्रागिरि नगरक्षेत्रमा आज यस वर्षकै बढी जाडो, कति पुग्यो न्यूनतम तापक्रम ?

Thankot Times

थानकोट । 

चन्द्रागिरि नगरसहित काठमाडौं उपत्यकामा आज यो वर्ष कै सबैभन्दा कम तापक्रम मापन गरिएको छ ।

आज बिहान ८ः४५ बजे काठमाडौं उपत्यकामा न्यूनतम तापक्रम २.१ डिग्री सेल्सियस मापन भएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार यही समयमा जुम्लाको न्यूनतम तापक्रम माइनस ४.९ डिग्री सेल्सियस, नेपालगन्जको ८.४ डिग्री सेल्सियस र पोखराको तापक्रम ६.० डिग्री सेल्सियस मापन गरिएको छ । 

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको पहाडी भू-भागमा आंशिक बदली  रहेको छ।

देशका तराईका अधिकांश स्थानहरूमा हुस्सु लागेको छ।

आज कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

तत्काल वर्षको सम्भावना भने नरहेको महाशाखाले जनाएको छ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *