राष्ट्रिय कराँते प्रतियोगितामा मच्छेगाउँका स्वर्णिमले जिते एकैदिन २ स्वर्णपदक
थानकोट ।
चन्द्रागिरि नगरपालिका-०९ मच्छेगाउँका स्वर्णिम मानन्धरले तेस्रो कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा २ स्वर्ण पदक जितेका छन् ।
नेपाल पुलिस क्लबका खेलाडी मानन्धरले सातदोबाटो स्थिति कराते हलमा बिहीबार सुरु भएको प्रतियोगिताको पुरुष एकल कातामा स्वर्णिमले पहिलो स्वर्ण पदक जितेका हुन भने टिम काता पुरुषमा पनि पुलिसकै स्वर्णिम मानन्धर,फुर्तेन तामाङ र जगत सिंह धानुकको टोलीले स्वर्ण जितेको हो ।
पुरुष एकल कातामा स्वर्णिम फाइनलमा ३९.३ अंक साथ पहिलो स्थान हासिल गरे। ३८.७ स्कोर गरेका त्रिभुवन आर्मी क्लबका विनय लिम्बुले रजत पदक प्राप्त गरे ।
प्रतियोगिता करातेको राष्ट्रिय टोलीको प्रारम्भिक छनोटका रूपमा रहेको छ। बागमती प्रदेश सभासद मिनकृष्ण महर्जनको परिकल्पनामा आयोजित प्रतियोगिताको उपप्रधान तथा रक्षामन्त्री पुर्णबहादुर खड्काले उद्घाटन गरेका थिए।
जिल्ला प्रमुख डोजो ललितपुर, लगनखेलको आयोजनामा माघ २० गतेसम्म चल्ने प्रतियोगितालाई गोदावरी नगरपालिकाको मुख्य प्रायोजन तथा नेपाल कराते महासंघको तत्वावधान एवं प्राविधिक सहयोग गरेको छ, हाम्रो खेलकुदमा खबर छ ।
प्रतियोगितामा महिला तर्फ ४५, ५०,५५, ६१, ६८, ६८ के. जी. माथि, एकल काता र टिम कातामा तथा पुरुष तर्फ ५०, ५५, ६०, ६७, ७५–८४, ८४ के.जी. माथी, एकल काता र टिम कातामा प्रतिस्पर्धा हुनेछ ।
७ वटै प्रदेशका र ३ विभागीय टोलीका गरि २ सय ४० ले भाग लिएका छन्।
प्रतियोगिताको च्याम्पियन हुने टोलीले ट्रफी सहित रु. १ लाख र दोस्रो हुने टोलीले ट्रफी सहित ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोकृष्ट महिला तथा पुरुष खेलाडीले ट्रफी सहित समान २५ हजार रुपैयाँ पाउनेछन् ।













