नागढुंगामा लापसे जाँचः २५ जना चालकमाथि चेकजाँच हुँदा ६ जना कारबाहीमा
थानकोट ।
नागढुङ्गा नाकाबाट लागूपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका ६ जना चालकलाई नियन्त्रणमा लिइएको छ ।
प्रदेश २–०३–००१ ख ५१८६ नम्बरका कन्टेनर चालक धनकुटाका ३२ वर्षीय बल बहादुर कार्की, भे. १ ख. ३७ ३४ नम्बरका ट्रक चालक बर्दियाको बाँसगढी नगरपालिका ६ का ३० वर्षीय राजेन्द्र थारू, लु. ३ च. २६ ४७ नम्बरका पिकअप चालक नवलपरासी बर्दघाट सुस्ता पश्चिमको बर्दघाट नगरपालिका १२ का २३ वर्षीय पारस वि.क. ना. ८ ख २३०७ नम्बरका बस चालक मकवानपुरको हेटौडा उपमहानगरपालिका १९ का ३५ वर्षीय दिपक थापा, बा. ४ ख. ५७६ नम्बरका बस चालक धादिङको निलकण्ठ नगरपालिका ७ का ३२ वर्षीय कृष्ण परियार र बा. ३ ख. ४६६० नम्बरका हाइस चालक स्याङ्जाको वालिङ नगरपालिका ७ का ३६ वर्षीय लेख बहादुर गुरुङलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।
नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्युरो र प्रहरी प्रभाग नागढुङ्गाको संयुक्त टोलीले २५ वटा सवारी सवारी साधन चेक गर्दा लागुपदार्थ सेवन गरी सवारी साधन चलाइरहेको अवस्थामा ६ जना चालक फेला परेको ट्राफिक प्रहरीले जनाएको छ ।
उनीहरुलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि प्रहरी वृत्त थानकोट ल्याइएको छ ।
फाइल फोटो













