चन्द्रागिरि नगर क्षेत्रमा हल्का वर्षा
थानकोट ।
चन्द्रागिरि नगरसहित काठमाडाैं उपत्यकाको अधिकांश क्षेत्रको माैसम चिसिएको छ ।
दिउँसोबाट हल्का वर्षा हुँदा माैसम चिसिएको हो ।
केहीदिन यता चिसिएको माैसम वर्षा भएसँगै थप चिसिने माैसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
काठमाडाैं उपत्यकाका उच्च पहाडहरूमा आज हल्का हिमपातको समेत सम्भावना रहेको महाशाखाको भनाइ छ ।
यसअघि गत बिहीबार चन्द्रागिरि नगर सहित काठमाडाैंका केही स्थानमा यस वर्षको पहिलो हिउँदे वर्षा भएको थियो ।










