हुस्सुले ढपक्कै छाेप्याे चन्द्रागिरि

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरक्षेत्र यतिबेला हुस्सुले ढाकेकाे छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ ।

अहिले कोशी, मधेश र बागमती प्रदेशमा साधारणतया बदली रहि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली तथा देशका बाँकी भूभागको मौसम सफा रहेको छ ।

आज राति देशका पहाडी भूभागमा आंशिकदेखि साधारण बदली रही बाँकी भूभागमा आंशिकदेखि मौसम मुख्यतया सफा रहनेछ ।

कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका केही स्थानमा छिटफुटदेखि हल्का वर्षाको सम्भावना छ ।

आज सूर्योदय बिहान ६ बजेर ४९ मिनेट र सूर्यास्त साँझ ५ बजेर ४७ मिनेटमा हुनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *