नागढुङ्गा सुरुङमार्गमा हालसम्म १४ अर्ब रुपैयाँ खर्च

Thankot Times

थानकोट ।

नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनामा हालसम्म १४ अर्ब ७० करोड रुपैयाँभन्दा बढी खर्च भएको छ ।

कुल २० अर्ब ९० करोड रुपैयाँभन्दा बढी लागतको आयोजनाको ७० प्रतिशत रकम खर्च भइसकेको छ ।

सुरुङमार्ग कुल दुई हजार ६८८ मिटर लामो हुनेछ ।

हालसम्म ९८.८० प्रतिशत अर्थात् दुई हजार ६५६ मिटर सुरुङ खन्ने काम पूरा भएको आयोजनाले जानकारी गराएको छ ।

राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको मंगलबारको बैठकमा आयोजनाको प्रगति विवरण सार्वजनिक गरिएको हो ।

सुरुङमार्ग निर्माणको काम ६८.५४ प्रतिशत पूरा भएको आयोजनाले जनाएको छ ।

१२ पुल र फ्लाइओरभर बनाउने काम २७.४८ प्रतिशत पूरा भएको छ ।

एक हजार ८७२ मिटर एप्रोच रोड बनाउने काम ५३.८१ प्रतिशत पूरा भएको आयोजनाले जनाएको छ ।

ट्रान्समिसनलगायत विविध काम ५६.९९ प्रतिशत पूरा भएको छ ।

घरटहरा र बोटबिरुवाको क्षतिपूर्ति दिने काम ९५.६६ प्रतिशत पूरा भएको छ ।

जग्गाको मुआब्जाको काम ९५.२१ प्रतिशत पूरा भएको आयोजनाले जनाएको छ ।

यसरी समग्रमा आयोजनाको काम ७०.३४ प्रतिशत मात्र पूरा भएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *