नापी कार्यालय कलंकीका सर्वेक्षक र चन्द्रागिरि बस्ने लेखापढी व्यवसायी एक लाख घुससहित पक्राउ

Thankot Times

थानकोट । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय, कलंकीका सर्वेक्षक र लेखापढी व्यवसायीलाई एक लाख रुपैयाँ घुससहित पक्राउ गरेको छ । 

आयोगले सर्वेक्षक लक्ष्मीप्रसाद चौलागाईं र लेखापढी व्यवसायी नेत्रमणि पोखरेललाई बुधबार नापी कार्यालयबाटै पक्राउ गरेको हो । 

चौलागाईंसँग ४५ हजार र पोखरेलसँग ५५ हजार घुस बरामद भएको आयोगले जनाएको ।

जग्गा हाल साबिक र कित्ताकाट गरी पूर्जा उपलब्ध गराइदिने भनेर उनीहरूले सेवाग्राहीसँग घुस लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

उदयपुर घर भएका लेखापढी व्यवसायी पोखरेल चन्द्रागिरि नगरपालिकामा बस्दै आएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विज्ञप्तीमा उल्लेख छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *