तेस्रो लगानी सम्मेलनमा ५७ मिनेटमा चन्द्रागिरिबाट चितवन सरर पुग्ने बाटोको समेत प्रस्ताव पेश हुने

Thankot Times

थानकोट ।

२०८१ को बैशाख १६ र १७ गते हुने लगानी सम्मेलनका लागि कम्तीमा १०५ परियोजना पहिचान भएको छ ।

सरकारले लगानी सम्मेलनमा प्रस्तुत गरिने परियोजना छनोटका लागि प्राविधिक समिति गठन गरेको छ। समितिले अहिलेसम्म १०५ परियोजना छनोट गरेको हो।

समितिमा प्राप्त भएका परियोजनाहरूमध्ये कतिका विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) भइसकेका, डीपीआर हुन बाँकी, वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) तयार भएका आयोजनाहरू पनि शोकेसमा राखिएको छ।

जसमा चन्द्रागिरि-पालुङ-चितवन एक्सप्रेस-वेदेखि उपत्यकामा अण्डरग्राउण्ड मेट्रोरेलसम्म आयोजनाको प्रस्ताव गरिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *