एसिसी महिला प्रिमियर कपः सेमिफाइनलमा मलेसियाविरुद्ध नेपालले बनायो ११५ रन

Thankot Times

थानकोट ।

मलेसियामा जारी एसिसी महिला प्रिमियर कपको दोश्रो सेमिफाइनल खेलमा नेपालले घरेलु टोली मलेसिया सामु जितका लागि ११६ रनको चुनाैती पेश गरेको छ ।

बायुमास ओभलमा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय १५ रन जोड्यो । नेपालले यो खेल जितेर प्रिमियर कपको फाइनलमा पुगेसँगै महिला एसिया कपमा पनि स्थान बनाउनेछ ।

नेपालका लागि कप्तान इन्दु बर्माले सर्वाधिक २९ रनको योगदान दिइन् ।

यसैगरी ओपनर कविता कुँवरले २३ तथा रुविना क्षेत्रीले २० रन जोडिन् । डली भट्टले १४ बलमा १ चौका र २ छक्कासहित २५ रनको योगदान दिइन् ।

यो खेलको विजेताले फाइनलमा यूएईको सामना गर्नेछ ।

आज सम्पन्न निकै रोमान्चक सेमिफाइनलमा यूएईले ४ रनको जित दर्ता गर्दै प्रिमियर कपको फाइनलमा स्थान पक्का गरेको हो ।नेपालले सेमिफाइनल जिते फाइनलमा यूएईको सामना गर्नेछ ।

आज सम्पन्न निकै रोमान्चक सेमिफाइनलमा यूएईले ४ रनको जित दर्ता गर्दै प्रिमियर कपको फाइनलमा स्थान पक्का गरेको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *