भोलि शुक्रबार पनि चन्द्रागिरि केबलकार बिहान १० बजेपछि यात्रुका लागि खुल्ला हुने
थानकोट ।
चन्द्रागिरि हिल्सद्धारा प्रवर्द्धित चन्द्रागिरि केबलकारमा हिजो फागुन ९ गते ३ दिने सुरक्षा तालिम जारी छ ।
चन्द्रागिरि हिल्स व्यवस्थापनका अनुसार तालिम भोलि शुक्रबार साँझ सकिने तालिका रहेको छ ।
सुरक्षा तालिम अवधिका लागि केबलकार सेवा बिहान ९ गतेदेखि ११ गतेसम्म बिहान १० देखी बेलुकी ६ बजेसम्म सञ्चालन हुने व्यहोराको सूचना टाँस गरेरै सो तालिम सञ्चालन भइरहेको हो ।
जसअनुसार यात्रुहरूका लागि केबलकार सेवा बिहान ९ गतेदेखि ११ गतेसम्म बिहान १० देखी बेलुकी ६ बजेसम्म सञ्चालन भइरहेको छ ।













