त्रिदेशीय टी-२० सिरिजः नेदरल्यान्ड्सले नामिबियालाई पराजित गर्यो

Thankot Times

थानकोट ।

काठमाडाैंमा जारी त्रिदेशीय टी-२० सिरिजमा नेदरल्यान्ड्सले नामिबियाविरुद्ध ५९ रनको सहज जित निकालेको छ । 

बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेदरल्यान्ड्सले प्रस्तुत गरेको २४८ रनको लक्ष्य पछ्याउने क्रममा नामिबियाले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १८८ रन मात्र बनाउन सक्यो ।

शृंखलामा नेदरल्यान्ड्सको यो लगातार दोस्रो जित हो ।

नेदरल्यान्ड्सले यसअघि नेपाललाई दुई रनले हराएको थियो ।

नामिबियाको भने यो पहिलो हार हो । नामिबियाले पनि पहिलो खेलमा नेपाललाई २० रनले हराएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *