साफ यू-१६ च्याम्पियनसिप: भुटानविरुद्ध नेपाल ३-० ले विजयी
थानकोट ।
नेपालमा जारी साफ यू-१६ च्याम्पियनसिपअन्तर्गत दोश्रो खेलमा भुटानविरुद्ध नेपाल ३-० गोल अन्तरले विजयी भएको छ ।
नेपालले सोमबार ललितपुर सातदोबाटोस्थित एन्फा मैदानमा भएको खेलको पहिलो हाफमा ३ गोल गरेको थियो ।
नेपालका लागि खेलको १४औं मिनेटमा बक्तिका कार्की, १८औं मिनेटमा भूमिका बुढाथोकी र ३१औं मिनेटमा ग्याल्सु डोल्मा लो ले गोल गरेका थिए ।
जित सँगै नेपालको २ खेलबाट ३ अंक भएको छ । नेपाल पहिलो खेलमा बंगलादेशसँग २-० ले स्तब्ध बनेको थियो ।
भुटानले लगातार दोश्रो हार व्यहोर्दा कुनै अंक प्राप्त गर्न सकेको छैन् । भारतले पहिलो खेलमा भुटानको पोष्टमा ७ गोल गरेको थियो ।
प्रतियोगिता अन्तर्गत मंगलबार भारत र बंगलादेशबीच खेल हुने तालिका रहेको छ ।













