सुनसरीमा सशस्त्र प्रहरी बल बाहिनीपति कप प्रतियोगिता सुरु

Thankot Times

थानकोट । 

मंगलबारबाट सुनसरीको पकलीस्थित सशस्त्र प्रहरी बल, नेपाल नं. १ बराह बाहिनी मुख्यालयमा बाहिनीपति कप प्रतियोगिता-२०८० सुरु भएको छ। 

संगठनको पेशागत गतिविधि चक्रअन्तर्गत आयोजित बाहिनीपति कप प्रतियोगिता फागुन २५ गते समापन हुनेछ । 

प्रतियोगितामा फुटबल, भलिबल, एथ्लेटिक्स, ब्याडमिन्टन र टेबल टेनिसअन्तर्गतका स्पर्धाहरू समावेश गरिएको बाहिनी प्रवक्ता शस्त्र प्रहरी उपरीक्षक दिपेन्द्र गिरीले जानकारी दिए । 

प्रतियोगिताको फुटबल, भलिबल, टेबल टेनिस र ब्याडमिन्टनका स्पर्धामा ८-८ टोली तथा एथ्लेटिक्सतर्फ महिला पुरुष गरी १६ जना खेलाडीले सहभागिता जनाउने छन् । समग्रमा प्रतियोगिताका यी खेलहरुमा १ सय २० जना भन्दा बढि सशस्त्र प्रहरी कर्मचारीहरुले प्रतिस्पर्धा गर्ने बताइएको छ ।

प्रतियोगिताको बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक अञ्जनी कुमार पोखरेलले उद्‌घाटन गरेका थिए । 

प्रतियोगिताको पहिलो दिन सशस्त्र प्रहरी बल नेपाल नं. १ गण हेडक्वाटर ईलाम र सशस्त्र प्रहरी बल नेपाल नं. ५ गण हेडक्वाटर त्रियुगा उदयपुरको फुटबल प्रतिस्पर्धामा नं. ५ गण हेडक्वाटर त्रियुगा उदयपुर टाब्रेकरमा ७-६ ले विजयी भएको छ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *