नागार्जुनस्थित खड्कुले चौरमा आज ‘समर्थक’ क्लब मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना हुँदै

Thankot Times

थानकोट । 

महादेव युवा क्लबको आयोजनामा आज काठमाडाैंको नागार्जुन नगरपालिका-०७ स्थित खड्कुले चौरमा ‘सपोर्टर’ क्लब फुटबल च्याम्पियनसिप सिरिज आयोजना हुँदैछ ।

प्रतियोगिताको नगरप्रमुख मोहन बस्नेतले बिहान ११ बजे उद्घाटन गर्नुहुने कार्यक्रम छ ।

खेलकुदका माध्यमबाट पर्यटन प्रवर्द्धन र काठमाडौं जिल्लाकै उच्च स्थान (१५९० मिटर)मा रहेको खेल मैदान खड्कुले चौरको प्रचारप्रसार गर्ने उद्देश्यले १ दिने मैत्रीपुर्ण फुटबल प्रतियोगिता आयोजना गर्न लागिएको क्लबले जनाएको छ ।

आयोजकका अनुसार प्रतियोगितामा युरोपका चर्चित लिग क्लबका नेपालमा रहेका समर्थक (सपोर्टर) समुहहरू चेल्सी नेपाल, आर्सनल नेपाल, म्यानचेस्टर युनाइटेड नेपाल, बार्सिलोना नेपालसँगै आयोजक महादेव युवाक्लबका २ टिमले प्रतिस्पर्धा गर्नेछन् ।

नागार्जुन नगरपालिका, नागार्जुन खेलकुद विकास समिति, नागार्जुन पर्यटन प्रर्वद्धन, अनुसन्धान तथा अध्ययन समिति र तारकेश्वर युवा क्लब, स्युचाटारको सहकार्यमा हुने सो प्रतियोगिताको उपाधि विजेतालाई नगद ३० हजार रुपैयाँ प्रदान गरिने बताइएको छ । 

 प्रतियोगिताको उपविजेताले १५ हजार रुपैयाँ हात पार्दा व्यक्तिगत विधामा उत्कृष्ट हुने गोलरक्षक, खेलाडी र उच्च गोलकर्तालाई जनही  ५ हजार रुपैयाँ पुरस्कार दिइने क्लबका अध्यक्ष राजु सापकोटाले जानकारी दिनुभयो । 

सेभेन ए साइड ढाँचामा खेलाइने खेल ४० मिनेटको हुने बताइएको छ । प्रतियोगिताको अनुमानित लागत २ लाख ३० हजार रूपैयाँ रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *