आज दिउँसो ३ बजेसम्म चन्द्रागिरि नगरका विभिन्न क्षेत्रमा विद्युत सेवा अवरुद्ध हुने
थानकोट ।
नेपाल विद्युत प्राधिकरण बलम्बु उप-वितरण केन्द्र अन्तर्गत चन्द्रागिरि नगरका विभिन्न स्थानमा अहिले विद्युत सेवा अवरुद्ध भइरहेको छ ।
प्राधिकरण स्रोतका अनुसार बलम्बु उप-वितरण केन्द्र अन्तर्गत थानकोट फिडर अन्तर्गत पर्ने नैकाप, बलम्बु, चुन्देबी, खहरे, दहचोक क्षेत्रमा आइशोलेटर जडान तथा कन्डक्टर स्तरोन्नति गर्ने कार्यका लागि शनिबार बिहान ११ बजेबाट विद्युत सेवा अवरुद्ध भइरहेको हो ।
दिउँसो ३ बजेबाट भने विद्युत सेवा सुचारु हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।










