मैत्रीपूर्ण टी-२० क्रिकेटः हङकङसँग नेपाल ७३ रनले पराजित

Thankot Times

थानकोट । 

हङकङ विरुद्धको मैत्रीपूर्ण क्रिकेट खेलमा नेपाल पराजित भएको छ । 

शनिबार सम्पन्न खेलमा जितका लागि २ सय १३ रनको लक्ष्य पाएको नेपाल १३९ रनमा समेटिएपछि घरेलु टोली ७३ रनले विजयी भयो । 

नेपाल १७ औं ओभरमा मात्र १ सय ३९ रनना अलआउट भयो । 

नेपाललाई सस्तोमा समेट्न एइजाज खानले घातक बलिङ गर्दै ४ विकेट लिए । उनलाई एहसान खानले ३ विकेट लिएका थिए । 

नेपालका लागि विनोद भण्डारीले सर्वाधिक ४२ रनको योगदान दिए ।

उनले २२ बलमा ४ चौका र ३ छक्का हिर्काए ।  कप्तान रोहित पौडेलले ३० तथा आरिफ शेखले ३८ रनको योगदान दिए । ३ विकेटको क्षतिमा ११७ रनको बलियो अवस्थामा रहेको नेपालले २२ रनमा बाँकी ७ विकेट गुमाउन पुग्यो ।

त्रिकोणात्मक शृङ्खला खेल्नका लागि नेपाली टोली बिहीबार हङकङ गएको हो ।

नेपाल, हङकङ र पपुवा न्युगिनीबिच यही फागुन २७ गतेदेखि त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय सिरिज सुरु हुँदैछ । त्यसअघि नेपालले आज हङकङसँग एउटा मैत्रीपूर्ण खेल खेल्न लागेको हो । 

त्रिकोणात्मक सिरिजमा नेपालले पहिलो खेल फागुन २७ गते हङकङसँग खेल्नेछ । 

यस्तै नेपालले फागुन २९ गते पवुवा न्युगिनीसँग खेल्नेछ । फागुन ३० गते त्रिकोणात्मक सिरिजको फाइनल खेल हुनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *