त्रिकोणात्मक टी-२० क्रिकेट सिरिजः नेपाल र हङकङबीचको पहिलो खेल वर्षाका कारण रद्द
थानकोट ।
हङकङमा आजदेखि सुरु भएको त्रिकोणात्मक टी-२० आई सिरिज अन्तर्गत नेपाल र हङकङबीको खेल वर्षाका कारण रद्द भएको छ ।
टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङकङले ८ ओभरमा २ विकेट गुमाउँदै ६५ रन बनाएको स्थितिमा दोस्रो पटक पानी परेपछि खेल रोकिएको थियो ।
यसअघि ५ ओभरको खेल पूरा भएपछि पानी परेको थियो । पानी रोकिएपछि थप ३ ओभरको खेल पूरा हुँदा नहुँदै पानी परेपछि खेल रोकिएको थियो । त्यसपछि पानी नै रोकिएन र अम्पायरले खेल रद्द गरेको घोषणा गरे ।
सिरिजको दोश्रो खेलमा मंगलबार नेपालले पपुवा न्यूगिनीको सामना गर्ने तालिका रहेको छ ।
आजको खेल रद्द भएसँगै नेपाल र हङकङले समान १-१ अंक बाँढेका छन् ।













