त्रिदेशीय टी-२० सिरिजः नेपाल फाइनलमा, पिएनजी ८५ रनले पराजित

Thankot Times

थानकोट ।

हङकङमा जारी टी-२० सिरिजअन्तर्गतको दोश्रो खेलमा नेपालले पपुवा न्यूगिनीलाई ८५ रनले पराजित गरेको छ ।

नेपालले दिएको १९९ रनको लक्ष्य पछाएको पिएनजीले १६.१ ओभरमा अलआउट हुँदै ११३ रन मात्र बनाएको बनाउन सक्यो ।

पिएनजीका लागि हिरी हिरीले सर्बाधिक २८ रन बनाए भने सेसे बाउले २१ तथा टोनी उराले १३ र नोसैना पोकानाले १२ रन बनाएका थिए ।

त्यसैगरी नेपाली बलर कुशल भुर्तेलले सर्वाधिक ४ विकेट लिएका थिए भने प्रतिस जिसीले २ तथा आकास चन्द र गुलशन झाले एक एक विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १९८ रन बनाएको थियो ।

नेपालका लागि कुशल भुर्तेलले ५९ र सन्दीप जोराले ५६ रन बनाएका थिए । त्यस्तै बिनोद भण्डारीले २७ रन बनाए भने गुलशन झाले १५, बिबेक यादवले १९ र लोकेश बमले १४ रन बनाएका थिए ।

त्यस्तै पिएनजीका बलर आसाद भालाले २ विकेट लिए भने नोसैना पोकाना, जोन कारिको र नोर्मन भानुवाले एक एक विकेट लिएका थिए ।

यो जितपछि नेपाल सिरिजको फाइनलमा पुगेको छ ।

नेपालको २ खेलमा ३ अंक भएको छ ।

अब आजै हुने हङकङ र पीएनजीबीचको खेलको विजेताले नेपालसँग भोलि फाइनलमा बुधबार खेल्नेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *