त्रिदेशीय टी-२० सिरिजः उपाधि जित्न पपुवा न्यूगिनीले नेपाललाई दियो १७२ रनको लक्ष्य
थानकोट ।
नेपाल, पपुवा न्युगिनी र घरेलु टोली हङकङबीच जारी त्रिकोणात्मक टी-२० आई सिरिजको फाइनल खेल अहिले जारी छ ।
उपाधिका लागि नेपाल सामु पपुवा न्युगिनी (पीएनजी) ले १७२ रनको लक्ष्य दिएको छ ।
सिरिजको फाइनल खेलमा टस हारेर पहिला ब्याटिङ गरेको पिएनजीले २० ओभरमा ८ विकेट गुमाएर १७१ रन बनाएपछि नेपालले सो चुनाैती पाएको हो ।
पिएनजीका लागि ओपनर टोनी उराले सर्वाधिक ६१ रन बनाएका थिए भने आलेई नाओले ३० रन बनाए भने हिला भारेले १८, हिरी हिरीले १५, किप्लिन डोरिगाले १४ र चाद सोपेरले १३ रन बनाएका थिए ।
नेपालका लागि आकाश चन्द र कुशल भुर्तेलले समान ३-३ विकेट लिएका थिए भने करण केसी र गुलशन झाले एक एक विकेट लिएका लिए













