नियमित मर्मतका लागि मनकामना केबलकार सेवा चैत्र ७ गते बन्द रहने
थानकोट।
नेपालको पहिलो केबलकार सेवा मनकामना केबलकार चैत्र ७ गते बुधबार बन्द रहने भएको छ।
नियमित मर्मत सम्भारका लागि केबलकार सेवा सो दिन बन्द हुने मनकामना दर्शन प्रालिका प्रमुख कार्यकारी निर्देशक राजेशबाबु श्रेष्ठले जानकारी दिनुभयो ।
मनकामना केबलकारको सेवा लिँदै वार्षिक सरदर ११ जना लाख जना मनकामना मन्दिर क्षेत्रमा पुग्ने गरेका छन् ।
हालसम्म १ करोड ८४ लाख ९७ हजार ४ सय २८ जना यात्रुले मनकामना केबलकारको सेवा लिइसकेको प्रमुुख कार्यकारी निर्देशक श्रेष्ठले जानकारी दिनुभयो ।
फागुन महिनामा मात्रै कूल १ लाख २ हजार ५ सय ९० जना यात्रुले सो केबलकार सेवा लिएका छन् ।
चालु आर्थिक वर्षको फागुनसम्ममा ७ लाख ५ हजार ६२ जना यात्रुले केबलकार चढिसकेको मनकामना दर्शन प्रालिले जनाएको छ ।












