झरीसँगै चन्द्रागिरिमा बढ्यो चिसो

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरसहित काठमाडाैं उपत्यकाका अधिकांश स्थानमा पानी परिरहेको छ । 

हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

अहिले बागमती सहितका कोशी र मधेस प्रदेशका अधिकांश भूभागमा वर्षा भइरहेको छ।

काठमाडौंको कपन, बूढानीलकण्ठ र गोकर्णेश्वरको धाप, भक्तपुरको नगरकोट लगायतका ठाउँमा बिहानैदेखि पानी परिरहेको छ। झरी परेपछि चिसो केही बढेको छ।

गोकर्णेश्वरको धाप क्षेत्रमा पछिल्लो २४ घन्टामा ३.० मिलिमिटर पानी परेको छ। कपन क्षेत्रमा ०.६ मिलिमिटर पानी परेको छ।

काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासमा ०.४ मिलिमिटर वर्षा मापन भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ