प्रहरी वृत्त थानकोटका प्रमुख नारायणप्रसाद अधिकारीको सरुवा, सुर्यप्रकाश सुवेदी नयाँ कमाण्डर

Thankot Times

थानकोट ।

प्रहरी प्रधान कार्यालयले १४१ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को सरुवा गरेको छ।

प्रहरी महानिरीक्षक वसन्त कुँवरले १४१ जना डीएसपीको सरुवा गरेका हुन्। सुरुवा सूची अनुसार प्रहरी वृत्त थानकोटका प्रमुख पनि फेरिएका छन् ।

वृतका प्रमुख हालका डीएसपी नारायण प्रसाद अधिकारी सर्वोच्च/विशेष अदालत समन्वय तथा सुरक्षा प्रहरी इकाई सरुवा भएका छन् । प्रहरी वृत्त कीर्तिपुर तथा प्रहरी वृत्त कालिमाटीका प्रमुखको समेत सरुवा भएको छ। 

अब थानकोट वृत्तको कमाण्ड त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत डीएसपी सुर्यप्रकाश सुवेदीले गर्नेछन् ।  

अधिकारीले गत वर्ष माघ १९ गतेबाट थानकोट वृत्तको कमाण्ड सम्हालेका थिए । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ