नेपाल ए को उत्कृष्ट बलिङ, आयरल्याण्ड वोल्भ्स १५७ रनमा अल आउट

Thankot Times

थानकोट ।

एकदिवसीय सिरिज अन्तर्गत पहिलो खेलमा आयरल्याण्ड वोल्भ्सले नेपाल ए लाई १५८ रनको लक्ष्य दिएको छ । 

बुधबारदेखि कीर्तिपुरमा शुरु भएको एकदिवसीय सिरिज अन्तर्गत पहिलो खेलमा आयरल्याण्ड वोल्भ्सले टस जितेर पहिला ब्याटिंग गर्दै १५७ रन बनाएपछि नेपाल ए ले सो लक्ष्य पाएको हो।

आयरल्याण्डले वोल्भ्स ३८.३ ओभरमा अलआउट हुनुअघि १५७ रन बनाएको थियो । 

आयरल्याण्ड वोल्भ्सका लागि काड कारमाइकलले सर्बाधिक ५१ रन बनाए भने कप्तान निल रकले ३९, पिटर मूरले २१ रन बनाए । 

त्यसैगरी नेपाली बलर कमल सिंह ऐरीले सर्वाधिक ४ विकेट लिएका थिए भने शहाब आलम र मौसम ढकालले २-२ विकेट लिएका थिए ।   रिजन ढकालले एक विकेट लिएका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *