नवाैं धनबहादुर स्मृति राष्ट्रिय अफिसियल कराँते च्याम्पियनसिप चैत्र २८ गतेबाट
थानकोट ।
धनबहादुर स्मृति प्रतिष्ठानको आयोजनामा चैत्र २८ र २९ गते नवौं धनबहादुर स्मृति राष्ट्रिय अफिसियल कराते प्रतियोगिता हुने भएको छ ।
चन्द्रागिरि नगरमा कराँते खेल भित्र्याउने अग्रज धनबहादुर महर्जनको स्मृतिमा सो प्रतियोगिता आयोजना हुन लागेको कार्यक्रम संयोजक एवं प्रतिष्ठानका अध्यक्ष संघरत्न महर्जनले थानकोट टाइम्सलाई जानकारी दिनुभयो ।
आयोजकका अनुसार चन्द्रागिरि नगरपालिका १० सतुगंल बोसिगाउँमा सञ्चालन हुने प्रतियोगितामा विभिन्न विधामा प्रतिस्पर्धा गराइनेछ ।













