रविन्द्र ढाँट ‘रोड टू यूएफसी’ फाइनलमा
थानकोट ।
‘बझाङ्गी बाघ’ उपनामले चिनिने नेपालका फाइटर रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’ सिजन–५ को फाइनलमा पुगेका छन् ।
चीनकाे शाङ्घाईमा रहेकाे अक्टागनमा आज भएकाे सेमिफाइनलमा रविन्द्रले न्युजिल्यान्डका कासिब मर्डाेकलाई हराए ।
३ राउन्डसम्म चलेकाे खेलमा रविन्द्र ‘स्प्लिट डिसिजन’ का आधारमा विजयी भएका हुन् ।
रविन्द्रले अब फाइनलमा जापानका रियो ताजिमासँग खेल्नेछन् ।
ताजिमाले सेमिफाइनलमा भारतका चुङग्रेन कोरेनलाई हराएका थिए ।
फाइनल जितेमा रविन्द्र यूएफसीका लागि छनोट हुनेछन् ।











