एकदिवसीय सिरिजः नेपाल ए र आयरल्यान्ड ए बीचको अन्तिम खेल आज

Thankot Times

थानकोट ।

काठमााडाैंमा जारी नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको एकदिवसीय सिरिजको अन्तिम खेल आज हुँदैछ ।

त्रिवि क्रिकेट मैदानमा हुने यो खेल बिहान ९:३० बजेदेखि शुरु हुँदैछ ।

तीन खेलको सिरिजमा नेपाल ए ले यसअघि खेलेका दुवै खेलमा हार बेहोरेको छ । आजको खेल जित्दै आयरल्याण्ड वोल्भ्सले सिरिज क्लिन स्वीप गर्ने लक्ष्यमा रहँदा नेपाल ए ले सिरिजमा सान्त्वना जितका लागि खेल्नेछ ।

नेपाल ए पहिलो खेलमा २१ रनले र दोस्रो खेल ११४ रनले हार बेहोरेको थियो ।

एकदिवसीय सिरिज खेल्ने नेपाल ए टिम:

विनोद भण्डारी (कप्तान), अर्जुन कुमाल, देव खनाल, नरेन भट्ट, भिम सार्की, अर्जुन साउद, आरिफ सेख, बशीर अहमद, कमल सिंह ऐरी, शदाब आलम, रंजित कुमार, रुपेश सिंह, रिजन ढकाल, बिकास आग्री र मौसम ढकाल रहेका छन् । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *