गुजरात क्रिकेट संघलाई पराजित गर्दै नेपाली टिमले जित्यो मैत्रीपुर्ण क्रिकेट प्रतियोगिताको उपाधि

Thankot Times

थानकोट ।

घरेलु टोली गुजरात क्रिकेट एसोसियसनविरुद्ध १८ रनको जित निकाल्दै नेपालले ‘एसएमएस फ्रेन्डसिप कप’को उपाधि जितेको छ ।

आइतबार भारतको वापीमा सम्पन्न फाइनलमा नेपालले प्रस्तुत गरेको १७७ रनको लक्ष्य पछ्याउने क्रममा गुजरातले निर्धारित २० ओभर खेले पनि आठ विकट गुमाएर १५८ रनमात्र बनाउन सक्यो ।

त्यसअघि टस जितेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १७६ रन बनाएको थियो ।

नेपालका कप्तान रोहितले ४७ बलमा पाँच चौका र चार छक्कासहित ७४ रन बनाए । आसिफ शेखले ३४ र कुशल मल्लले ३१ रन थपे । कुशल भुर्तेलले १९ रन जोडे । दीपेन्द्रसिंह ऐरी र सन्दीप जोराले समान सात रन बनााए ।

गुजरातका जयमित पटेल, स्हेन पटेल, तेजस पटेल र जाला युवराज सिंहले समान एक विकेट लिए ।

एसीसी प्रिमियर कप र ट्वान्टी–२० विश्वकपको तयारीका लागि भारत भ्रमणमा रहेको नेपाल लिग चरणका चारमध्ये तीन खेलमा जित निकाल्दै विजेताका रूपमा फाइनल पुगेको थियो । गुजरातले भने लिग चरणबाट दोस्रो स्थानमा रहँदै फाइनलमा स्थान बनाएको थियो ।

त्रिकोणात्मक शृंखलामा नेपाल र गुजरातसँगै बरोडा क्रिकेट एसोसिएसनले प्रतिस्पर्धा गरेका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *